तिलोत्तमा,
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ मा रहेको कालीगण्डकी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवश मनाएको छ । आज संस्थाको आफ्नै कार्यालयमा रक्तदान कार्यक्रम गरेर स्थापना दिवश मनाएको हो । विगतका बर्षहरु जस्तै यस बर्ष पनि संस्थाले सामाजिक उत्तरदायीत्व अन्र्तगत रहेर रक्तदान कार्यक्रम गरेको संस्थाका उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रभा भण्डारी घिमिरेले जानकारी दिनुभयो । सो अबसरमा जिल्ला सहकारी संघका सचिब एवं प्रमुख अतिथि बेल प्रसाद शर्माले कालीगण्डकी सहकारी कार्य सम्पादनमा उत्कृष्ट रहेको बताउदै शेयर सदस्यहरुलाई ढुक्कका साथ बचत तथा लगानी गर्न सुझाब दिनुभयो ।
संस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटाको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा ३० यूनिट रगत संकलन भएको छ । रक्त सञ्चार केन्द्र बुटवलको प्राबिधिक सहयोगमा भएको कार्यक्रमको संचालन सचिब कल्पना शर्माले गर्नुभएको थियो ।
प्रकाशित मिति : सोमबार, असोज २१ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्