भैरहवा,
लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवा, रुपन्देहीले बंगलादेशमा आँखा स्वास्थ्यको विशेषज्ञ सेवा प्रदान गरेको छ । नेशनल इन्ष्टिच्यूट अफ अप्थालमोलोजी ढाका, बंगलादेशको विशेष निमन्त्रणामा आँखा अस्पताल भैरहवाबाट कर्निया सर्जन एसोसियट प्रोफेसर डा.सुशिला पटेल र भिट्रो रेटिना सर्जन डा. सविता ढकाल बंगलादेश पुगेर बिरामीहरुको उपचार गर्नुभएको अस्पतालका अधिकारी प्रतीक पाण्डेयले जानकारी दिए ।
विद्यार्थी आन्दोलनको क्रममा परी बंगलादेशको राजधानी ढाकामा आँखामा चोट लागि नानी च्यातिएका, नानीमा गहिरो चोट लागेका, आँखाको पर्दा च्यातिएका, आँखामा चोट लागि घाइते भएका, आँखामा रगत आएका बिरामीहरुको उपचारका साथै शल्यक्रिया गरिएको पाण्डेयले जानकारी दिए ।
पाण्डेयका अनुसार बंगलादेश जाने चिकित्सकहरुको टोलीमा नेपालबाट रवा थापा र फ्रान्सबाट डा.लरेन्ट भेलास्कीको पनि सहभागीता रहेको थियो । यस्तो सहयोगले नेपाल र बगंलादेशबीचको सम्बन्ध अझ प्रगाढ हुने उनले विश्वास व्यक्त गरे । ‘यो कार्यले डाक्टरहरुको लागि सबै बिरामीहरु समान हुन भन्ने सन्देश दिएको छ, ’उनले भने ।नेपाल नेत्र ज्योति संघ र सेवा नेपाल, सेवा फाउण्डेशनको समन्वयमा बंगलादेशमा नेपाली नेत्र रोग विशेषज्ञद्वारा सेवा प्रदान गर्न वातावरण बनेको श्री रण अम्बिका शाह आँखा अस्पतालका व्यवस्थापक प्रकाश रायमाझीले बताए ।
प्रकाशित मिति : मंगलबार, असोज २२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्