काठमाण्डौ –
आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र पाकिस्तान खेल्दैछन् । समूह ‘ए’ का अस्ट्रेलिया र पाकिस्तानबीचको खेल दुबईमा नेपाली समयअनुसार राति पौने ८ बजे शुरू हुनेछ ।
अस्ट्रेलियाले पहिलो खेलमा श्रीलङ्कालाई छ विकेटले र दोश्रो खेलमा न्युजिल्यान्डलाई ६० रनले पराजित गरेको थियो । पाकिस्तानले पहिलो खेलमा श्रीलङ्कालाई ३१ रनले हराउँदा दोस्रो खेलमा भारतसँग छ विकेटले पराजित भएको थियो । महिला टी–२० विश्वकप क्रिकेटमा गएराति भएको खेलमा वेस्ट इन्डिजले बङ्गलादेशलाई आठ विकेटले हराएको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, स्कटल्यान्ड र इङ्ल्यान्ड छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
प्रकाशित मिति : शुक्रबार, असोज २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्