गुल्मीमा जीप दुर्घटना : १४ जना घाईते

गुल्मीमा जीप दुर्घटना : १४ जना घाईते

गुल्मी –

गुल्मीमा जीप दुर्घटना हुँदा १४ जना घाईते भएका छन् । बुटवलबाट रिडी–रुद्रबेणी–वामीटक्सार हुँदै बाग्लुङको बडिगाड गाउँपालिका खौलारका लागि छुटेको लु १ ज ४४४८ नम्बरको जीप बिहान गुल्मीको मुसिकोट नगरपालिका–५ ईन्द्रेगौंडामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा चालकसहित १४ जना घाईते भएका र घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोख्रेलले जानकारी दिनुभयो । घाइते केहीको स्थानीय स्वास्थ्य संस्थामा र केहीलाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रवास पाल्पा पठाइएको छ ।

प्रकाशित मिति : शुक्रबार, असोज २५ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij