JanataToday.com

Advertisment

SKIP THIS

साफ महिला च्याम्पियनशिपका लागि नेपाल आइपुग्यो बङ्गलादेशको टोली

साफ महिला च्याम्पियनशिपका लागि नेपाल आइपुग्यो बङ्गलादेशको टोली

काठमाण्डाै ,

साफ महिला च्याम्पियनशिप फुटबलका लागि बङ्गलादेशको टोली नेपाल आइपुगेको छ । बङ्गलादेशको टोली आज दिउँसो काठमाण्डौ आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

साफ महिला च्याम्पियनशिप खेल्न अइपुग्ने बङ्गलादेश तेस्रो टोली हो । हिजो माल्दिभ्सको टोली र अस्ति आइतवार पाकिस्तानको टोली काठमाण्डौ आइपुगेको छ । भारत र श्रीलङ्काको टोली आजै र भुटानको टोली भोलि आइपुग्ने एन्फाले जनाएको छ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने महिला साफ च्याम्पियनशिपमा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, भारत, भुटान र बङ्गलादेश गरी सात वटा देशले प्रतिस्पर्धा गर्नेछन् । सात वटा टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘बी’ मा श्रीलङ्का, माल्दिभ्स र भुटान पनि छन् । यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान र बङ्गलादेश छन् ।

नेपालमा तेस्रो पटक आयोजना हुन लागेको प्रतियोगिता कात्तिक १४ गतेसम्म चल्ने छ । प्रतियोगिताको उद्घाटन खेलमा कात्तिक १ गते भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । आयोजक नेपालले भने कातिक २ गते भुटानसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्ने छ ।

नेपाल अहिलेसम्म पाँच पटक साफ महिला च्याम्पियनशिपको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । महिला साफ च्याम्पियनशिपको सबैभन्दा सफल टोली भारतले पाँच पटक उपाधि जितेको छ । यस्तै बङ्गलादेशले एक पटक उपाधि जितेको छ ।

प्रकाशित मिति : मंगलबार, असोज २९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij