काठमाण्डाै
बीपी राजमार्गकाे धुलिखेल–भकुण्डेवेसी–वर्षेखाेला सडक खण्ड थप मर्मतका लागि आजदेखि रातको समयमा बन्द हुने भएको छ । याे सडक खण्ड बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म १० घण्टा बन्द हुने भएको हो ।
यो खण्ड गएको असोज १०, ११ र १२ गतेको अविरल वर्षापछिकाे बाढी र पहिरोले क्षति गरेको छ । डिभिजन सडक कार्यालय भक्तपुरले सूचना निकालेर बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जानकारी दिएको छ ।
काभ्रे जिल्लाभित्र पर्ने १ नम्बरपुल–चौकीडाँडा–वर्षेखोला खण्डको झन्डै ८ किलोमिटर सडक ट्र्याकको मर्मत तथा सुधार गर्न सडक खण्ड बन्द गर्न लागिएको डिभिजन सडक कार्यालय भक्तपुरका सिनियर डिभिजन इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो ।
बाढी पहिरोले बन्द भएकाे यो राजमार्ग गएको शुक्रवारदेखि अस्थायी रूपमा सञ्चालनमा आएको हो ।
प्रकाशित मिति : बुधबार, असोज ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्