काठमाडौँ :
सरकारले राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत कात्तिक २ र ३ गते ( भोल र पर्सी) देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने भएको छ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाअन्तर्गतको पोषण शाखाका अनुसार ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो।
जस अनुसार यसपटक २१ लाख बालबालिकालाई भिटामिन ए र १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ। सरकारले हरेक वर्ष वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको छ।
प्रकाशित मिति : बिहिबार, कार्तिक १ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्