रुपन्देहीमा चक्कु प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

रुपन्देहीमा चक्कु प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

बुटवल ,

रुपन्देहीमा श्रीमतिको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ९ का ५० वर्षीय दशरथ चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी सूचना अधिकारी लक्ष्मि खनालले बताइन् । चौधरीले मंगलबार आफ्नी कान्छि श्रीमति ४० वर्षीया सुनिता भट्टराई चौधरीको आफ्नै घरमा चक्कु प्रहार गरी हत्या गरेको सूचना अधिकारी खनालले बताइन् । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी उनको देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । अभियुक्त चौधरीलाई प्रहरीले घटना लगतै पक्राउ गरेको थियो । अदालतबाट म्याद लिई घटना बारे अनुसन्धान भईरहेको सूचना अधिकारी खनालले बताइन् ।

प्रकाशित मिति : बिहिबार, कार्तिक १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij