JanataToday.com

Advertisment

SKIP THIS

नेपालले आज जापानसँग खेल्दै

नेपालले आज जापानसँग खेल्दै

काठमाडौं

एएफसी यू–१७ एसियन कप छनोट आजबाट कतारमा सुरु हुँदैछ। नेपालले पहिलो खेल आज चार पटकको च्याम्पियन जापानसँग खेल्दैछ। साबिक विजेता समेत रहेको जापानसँगको पहिलो खेल हमाद विन खालिफा स्टेडियममा नेपाली समयअनुसार राति साढे १० बजे सुरु हुनेछ।

नेपाल रहेको समूह ‘एफ’ लाई प्रतियोगितामा सबैभन्दा चुनौतीपूर्ण समूह मानिएको छ। जहाँ नेपालसँगै पूर्वविजेता जापान, कतार, र मंगोलिया जस्ता बलिया टोली छन्।

जापान, जसले यस प्रतियोगितामा चार पटक उपाधि जितिसकेको छ, समूहको सर्वाधिक बलियो टोली हो। यस्तै, कतारले पनि एक पटक प्रतियोगितामा विजयी भएको टोली हो। मंगोलियालाई कमजोर टोली मानिए पनि उसले यसपटक कडा चुनौती दिने अनुमान गरिएको छ।

नेपालले दोस्रो खेलमा शुक्रबार घरेलु टोली कतारसँग प्रतिस्पर्धा गर्नेछ भने अन्तिम खेल आइतबार मंगोलियासँग हुनेछ। दुबै खेल दोहाको एसपायर एकेडेमी पिचमा नेपाली समयअनुसार राति साढे ८ बजे हुनेछ।

समूह चरणका यी तीन खेलहरू नेपाली टोलीको एएफसी अण्डर सेभेन्टिन एसिया कपमा छनोट हुने सपना पूरा गर्न निर्णायक सावित हुनेछन्।

यो प्रतियोगितामा ४३ टोलीलाई १० समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष स्थानमा रहने टोली र दोस्रो स्थानका उत्कृष्ट पाँच टोलीले अर्को वर्षको अप्रिलमा साउदी अरेबियामा हुने मुख्य प्रतियोगिताका लागि छनोट पाउनेछन्।

आयोजकका रूपमा साउदी अरेबिया भने पहिल्यै छनोट भइसकेको छ। अब बाँकी १५ टोली यस छनोट चरणबाट चयन हुनेछन्।

प्रकाशित मिति : बुधबार, कार्तिक ७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij