राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा आज पनि विरोध प्रदर्शन जारी राख्ने भएको छ।
पार्टीले आज दिउँसो १२ः३० बजे पोखराको सृजना चोकमा भेला भएर विरोध प्रदर्शनमा सहभागीता जनाउन आफ्ना कार्यकर्ता र समर्थकहरूलाई आग्रह गरेको छ।
पोखरा लगायत देशैभरिका जनताहरूले देखाएको राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि आभार व्यक्त गर्दै पार्टीले अन्यायविरुद्धको लडाईमा आज पनि सहभागी भइदिन आग्रह गरेको हो।
सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेदेखि नै पार्टीले लगातार विरोध प्रदर्शन गर्दै आएको छ।
आइतवार जिल्ला अदालत कास्कीमा पेस भएका लामिछानेलाई अदालतले छानबिन गर्न ६ दिनको म्याद थप दिएको छ।
प्रकाशित मिति : बुधबार, कार्तिक ७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्