काठमाण्डौ ,
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले टी–२० आईको ब्याटिङ वरियतामा ३१ स्थान सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसिसी० ले जारी गरेको नयाँ वरियतामा कुशल ३१ स्थान सुधारका साथ ९९औं स्थानमा उक्लिएका छन् ।
अस्ति सोमवार अमेरिकासँगको तीन वटा टी–२० आई सिरिज नेपालले क्लिन स्विप गर्दा कुशलले एक अर्धशतक सहित सर्वाधिक एक सय ४२ रन बनाएका थिए । ब्याटिङ वरियतामा कप्तान रोहितकुमार पौडेल चार स्थान सुधार गर्दै ५९ औं र आसिफ शेख दुई स्थान सुधार गर्दै ६९औं स्थानमा छन् ।
टी–२० आईको बलिङ वरियता तर्फ दीपेन्द्रसिंह ऐरी ६२ औं स्थानमा छन् । सोमपाल कामी तीन स्थान सुधार गर्दै ९२औं स्थानमा छन् । अलराउन्डर तर्फ दीपेन्द्रसिंह दोस्रो स्थानमा कायम छन् ।
प्रकाशित मिति : बुधबार, कार्तिक ७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्