नवलपुरको देवचुली नगरपालिका-२ मा जंगली च्याउ खाँदा एकै घरका पाँचजना बिरामी परेका छन्।
देवचुली २ दुम्कौलीकी धनमाया राजवंशीले जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा गएराति एकै परिवारका पाँचजना बिरामी परेको नवलपुर प्रहरीले जनाएको छ।
२८ वर्षीया धनमायासहित, ४६ वर्षीया रनमाया, ४८ वर्षीय बाबुलाल, २६ वर्षीय मदन र ९ वर्षीया रिदिमा बिरामी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जेशी शाहले जानकारी दिए।
बिरामीहरूको उपचार पुरानो मेडिकल कलेज चितवनमा भइरहेको छ। सबैको स्वास्थ्य अवस्था मध्यम रहेको शाहले बताए।
प्रकाशित मिति : आइतबार, कार्तिक ११ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्