आजदेखि मौसम क्रमिक सुधार आउने, पहाडी क्षेत्रका केही ठाउँमा भने हल्का वर्षाको सम्भावना

आजदेखि मौसम क्रमिक सुधार आउने, पहाडी क्षेत्रका केही ठाउँमा भने हल्का वर्षाको सम्भावना

 

काठमाण्डौ – आजदेखि मौसममा क्रमिक सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तीन दिनको मौसम पूर्वानुमानअनुसार आज दिउँसोदेखि मौसम सुधार हुँदै जानेछ ।

तीनवटा वायुको प्रणाली एकसाथ सक्रिय हुँदा अस्ति आइतवारदेखि शुरु भएको वर्षा हिजो पूर्वी, मध्यसहित पश्चिममा सक्रिय थियो । तर, पश्चिम बङ्गालआसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव घट्नुका साथै पश्चिमी र स्थानीय वायु पनि कमजोर बनेपछि आजदेखि वर्षा रोकिने मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।उहाँका अनुसार आज कोशी प्रदेश र देशका पहाडी भागमा मौसम बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम सफा रहनेछ ।

आज कोशी प्रदेश र अन्य पहाडी भागका एक–दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij