लुम्बिनी विश्व शान्ति मञ्चले खलंगामा वृक्षरोपण तथा विरुवा वितरण कार्यक्रम सम्पन्न

लुम्बिनी विश्व शान्ति मञ्चले खलंगामा वृक्षरोपण तथा विरुवा वितरण कार्यक्रम सम्पन्न

भैरहवा,

लुम्बिनी विश्व शान्ति मञ्चले सुदुरपश्चिम प्रदेश अन्तर्गत दार्चुलाको महाकाली नगरपालिकास्थित खलंगामा वृक्षरोपण तथा विरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनी विश्व शान्ति मञ्च र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संयुक्त आयोजनामा नगरपालिकाको सामुदायिक वन गल्फैभित्र उक्त कार्यक्रम भएको हो । साथै आजै लुम्बिनी विश्व शान्ति मञ्चले महाकाली नगरपालिकाका प्रमुख ९मेयर० नर सिंह चैंसिरलाई १८० वटा सुन्तलाको बिरुवा हस्तान्तरण गरेको छ । १० लाख वृक्षरोपण तथा संरक्षण अभियान अन्तर्गत १२० विरुवा रोपिएको मञ्चका अध्यक्ष बासु गौतमले जानकारी दिए । लुम्बिनी विश्व शान्ति मञ्चले देशैभरी यो अभियान सञ्चालन गरेको छ । जसलाई राष्ट्रिय बाणिज्य बैंक र कम्युनिटी लिडर सिप नेपाल लगायत संस्थाको सहयोग छ ।

१० लाख वृक्षरोपण तथा संरक्षण अभियान अन्तर्गत यो वर्ष देशैभरी १ लाख विरुवा रोपेर संरक्षण गर्ने योजना रहेको गौतमको भनाइ छ । अभियानलाई नेपाली सेना, सशस्त्र प्रहरी बल लगायतको सहकार्य रहेको छ ।

प्रकाशित मिति : मंगलबार, कार्तिक २० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij