भैरहवा,
रुपन्देहीको रोहिणी गाउँपालिकाले कार्तिक २३ गते शुक्रबार स्थानीय विदा दिएको छ । यस क्षेत्रको विशेष पर्व छठको अवसरमा बिहानीमा सूर्यलाई अर्घ दिने प्रचलन रहेको हुँदा शुक्रबार विदा दिइएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । गाउँपालिकाको कार्तिक २१ गतेको निर्णय अनुसार शुक्रबार रोहिणी गाउँपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्थाहरु अत्यावश्यक बाहेक र सम्पूर्ण शैक्षिक संस्थाहरुमा विदा रहने अध्यक्ष यादवले जानकारी दिए । अध्यक्ष यादवले छठ पर्वको अवसरमा सबैमा सुख, शान्ति तथा समृद्धिको शुभकामना समेत व्यक्त गरेका छन् ।
छठ पर्वको अवसरमा संघीय सरकारले बिहीबार भोली देशभर सार्वजनिक विदा दिएको छ ।
प्रकाशित मिति : बुधबार, कार्तिक २१ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्