पाल्पा
पाल्पाको तिनाउ गाउँपालिका–४ सत्यवती मन्दीरमा कात्र्तिक पूर्णिमाको अवसर पारी हरेक वर्ष आयोजना हुँदै आएको मेला आगामी मंगलबारदेखि सुरु हुने भएको छ। कात्र्तिक २७ देखि ३० गतेसम्म सञ्चालन हुने उक्त मेलाका लागि तयारीलाई तिब्रता दिइएको सत्यवती ताल तथा मन्दीर व्यवस्थापन समितिले जनाएको छ ।
मेला व्यवस्थापनका लागि मन्दिर परिसरमा आयोजित सर्वपक्षीय छलफलका क्रममा तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले भक्तजनले दुःख नपाउने गरी व्यवस्थापनलाई चुस्त राख्न सुरक्षा निकाय, यातायात व्यवसायी, ट्राफिक प्रहरी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग आवश्यक सुझावसहित सहयोगका लागि आग्रह गरिएको बताए ।
मेलामा आउने भक्तजनको सहजताका लागि मन्दिरसम्म आउने मोटर बाटो मर्मत तथा सुधार गरिनुका साथै यातायात भाडादरमा समेत एकरुपमा कायम गर्ने काम भएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण अधिकारीले मेलालाई सभ्य र भव्य बनाउन आवश्यक सुरक्षा गस्तिको व्यवस्था गरिएको बताए । मेला अवधिमा भक्तजन स्वयम्ले समेत सजगता अपनाउनु पर्ने र भिडभाडमा हराउन सक्ने भएकाले बहुमुल्य सामान तथा गरहँना नल्याउन आग्रह गरे ।
परम्परादेखि नै उक्त मन्दिरमा चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गर्दछ । परापूर्व कालमा सत्यवतीबज्यै घना जङ्गलकोबीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख छ ।
सत्यवती बज्यै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले सत्यवती ताल नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक २२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्