JanataToday.com

Advertisment

SKIP THIS

युएईलाई पराजित गर्दै नेपाल आईसीसी यू–१९ महिला विश्वकपमा छनौट

युएईलाई पराजित गर्दै नेपाल आईसीसी यू–१९ महिला विश्वकपमा छनौट

काठमाडौँ : नेपाल यूएईलाई पराजित गर्दै आईसीसी महिला यू-१९ टी-२० विश्वकपका लागि छनोट भएको छ।

आईसीसी महिला यू-१९ टी-२० विश्वकप एशिया छनोटको आज भएको अन्तिम खेलमा यूएईले जितका लागि दिएको ८४ रनको लक्ष्य १४ ओभर ४ बलमा २ विकेटमात्र गुमाएर पूरा गर्दै एशियाबाट विश्वकपमा छनोट भएको हो।

नेपाल घरेलु यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा छानिन सफल भएको हो। आईसीसी महिला टी-२० विश्वकप अर्को वर्ष मलेशियामा हुँदै छ।

ओपनर साना प्रविनले ४२ बलमा १ चौका प्रहार गर्दै अविजित ३५ रन बनाइन्। उनले विजयी चौका प्रहार गरिन्। नेपाली टोलीकी उपकप्तान सोनी पाख्रिनले २० बलको सामना गरेर अविजित १३ रन बनाइन्।

ओपनर सावित्री धामी १२ रन बनाएर आउट भइन्। यसपछि क्रिजमा आएकी नेपाली टोलीकी कप्तान पूजा महतोले २१ रन बनाएर आउट भइन्।

नेपालले ६ खेलबाट १० अंक जोड्यो र युएईले पनि ६ खेलबाटै १० अंक जोडेको भए पनि नेपाल नेट रनरेटका आधारमा यूएईलाई उछिन्दै विश्वकपमा छानिन सफल भएको हो।

आजको खेलपछि नेपालको नेट रन रेट ३.९३५ राह्यो भने यूएईको रन रेट ३.७४० रह्यो।

द सेभेन रंगशालामा टस जितेर ब्याटिङ रोजेको घरेलु यूएईले २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रनमात्र बनाउँदै नेपालाई जितका  लागि ८४ रनको लक्ष्य दिएको थियो।

टस जितेर ब्याटिङ रोजेको घरेलु यूएईले २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रनमात्र बनायो। यूएईका लागि समाइरा धरनिधर्काले ३१ रन, रिनिथा रजितथले २० रन‚ लाभन्या केनी र इन्दुजा नन्दाकुमार दुवैले १०/१० रन बनाए।

नेपालका लागि करिस्मा गुरुङले ४ विकेट, रिया शर्मा र सीमा केसीले २/२ विकेट तथा रचनाकुमारी चौधरीले १ विकेट लिए।

यसअघि यूएईले कुवेतलाई १०६ रन र १८४ रन, थाइल्याण्डलाई ७४ रन र ९ विकेटले तथा नेपाललाई १३ रनले पराजित गरेको थियो।

नेपालले कुवेतलाई १०८ रन र १६५ रनले तथा थाइल्याण्डलाई ६७ रन र १०६ रनले पराजित गरेको थियो।

प्रकाशित मिति : बुधबार, कार्तिक २८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij