तराईका केही ठाउँमा बिहानैदेखि हुस्सु , हुस्सु लागेका केही ठाउँमा भिजिविलिटी पनि कम

तराईका केही ठाउँमा बिहानैदेखि हुस्सु , हुस्सु लागेका केही ठाउँमा भिजिविलिटी पनि कम

तराईका केही ठाउँमा बिहानैदेखि लागेको हुस्सु हट्न थालेको छ । हुस्सु लागेका केही ठाउँमा भिजिविलिटी पनि कम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भैरहवा,विराटनगर, पोखरालगायतका क्षेत्रमा मसिनो कणसहितको हुस्सु लागेर भिजिविलिटी कम भए पनि घाम लाग्दै जाँदा अहिले विस्तारै भिजिविलिटी बढ्दै गएको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । दिउँसोसम्म सबैतिरको हुस्सु हट्ने उहाँको भनाइ छ ।

यसैबीच अहिले देशभर पश्चिमी तथा पहाडी क्षेत्रमा स्थानीय वायुको सामान्य प्रभाव छ । महाशाखाका अनुसार कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रको मौसम आंशिक बदली छ । बाँकी भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक ३० २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij