हेग्जागन इन्टरडिपेन्डेन्ट चित्रकला प्रतियोगितामा सहभागीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण

हेग्जागन इन्टरडिपेन्डेन्ट चित्रकला प्रतियोगितामा सहभागीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण

बुटवल-अमेरिकाको पेन्सिल्भानियाको स्कार्टओन सिटीमा सम्पन्न हेग्जागन इन्टरडिपेन्डेन्ट चित्रकला प्रतियोगिता २०२४ मा सहभागी विद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ । इन्टरडिपेन्डेन्ट कमिटीको अायाेजनामा चित्रकला प्रतियोगितामा सहभागी नेपालका ५५ जना विद्यार्थीहरुलाई शनिबार रुपन्देहीको बुटवल ११ मा रहेकाे मणिमुकुन्द कलेजमा एक कार्यक्रमकाे अायाेजना गरी पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हाे ।

इन्टरडिपेन्डेन्ट कमिटीअन्तर्गतको हेग्जागन प्राेजेक्टमा रुपन्देहीका सातजना विद्यार्थी उत्कृष्ट भएको कमिटीले जनाएको छ ।  गत सेप्टेम्बर २४ मा भएको प्रतियोगितामा रुपन्देहीका विभिन्न विद्यालयका विद्यार्थीहरु सहभागी भएका हुन् ।

विश्वमा शान्ति हुनुपर्छ , शान्ति भएमा समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने उदेश्यले भएको प्रतियोगितामा नेपालका सातजना विद्यार्थी उत्कृष्ट भएकाे कमिटीले जनाएको छ ।

कार्यक्रममा बाेल्दै बुटवलका पुराना चित्रकार प्रमुख अतिथि मन गाेल्डीले साे कार्यक्रमले अन्तराष्ट्रियरुपमा विद्यार्थीलाई चिनाउने काम गरेकाे बताए । उनले चित्रकलाकाे छुट्टै महत्त्व रहेकाे बताउँदै चित्रका माध्यमबाट पनि धेरैकुरा बुझ्न सकिने बताए ।

कमिटिका अध्यक्ष टुकबहादुर क्षेत्रीले सहभागिता नै सबैभन्दा ठूलाे भएकाे बताए । उनले यसता क्षेत्रतर्फ अाफ्नै अविभावकले विशेष ध्यान दिनुपर्नेमा जाेड दिँदै विद्यार्थीले जुन क्षेत्रमा रुचि र चाहाना राख्छन् त्यही क्षेत्रतर्फ अविभाकले प्रेरित गर्नुपर्ने बताए । मानिस अन्तरनिहित हुनुपर्ने अरुलाई सहयोग गर्ने र अाफूले पनि सहयोग गर्न तत्पर हुनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा स्वागत गर्दै कमिटीका सचिव माधव अाचार्यले शब्दबाट व्यक्त गर्न नसकेका कुरा चित्रकलाकाे माध्यमबाट व्यक्त गरिने कला भएको बताए । कार्यक्रममा कमिटीका सदस्य नरेन्द्र शर्मा , रजनिश चन्द्र गुप्तालगायतले बाेलेका थिए । साे प्रतियोगिता सन २०१० बाट निरन्तर चल्दै अाएकाे छ ।

प्रकाशित मिति : शनिबार, मंसिर १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij