बुटवल,५ मं
अनलाइन सट्टेबाजी (जुवा) मा संलग्न रहेको आरोपमा भैरहवाबाट १४ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ सगुनी पथस्थित अस्फाक आलमको घरबाट उनीहरुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको हरियाणा प्रदेश पासकुल्ला जिल्ला पिन्जोर पोष्ट अफिस ईन्दोर थानाका ३३ वर्षिय साहिल सोडा, उत्तराखण्ड रानिडिया जिल्ला ज्वालापुरका १८ वर्षिय श्याम गुप्ता, उत्तर प्रदेश देवरीया जिल्ला गौरीबजार पोष्टका २० वर्षिय रवि जैसवाल, हरियाणा प्रदेश फरिदावाद जिल्ला खडकेला थाना खिडि पोष्ट अफिसका २४ वर्षिय अनुराग सिंह, सोही स्थानका १९ वर्षिय नितेश वर्मा, गोरखपुर जिल्ला मोतिताम पोष्ट अफिस बिष्णुपुरा थानाका २१ वर्षिय दिपक जैसवाल र गोरखपुर जिल्ला गाईन्ड पोष्ट अफिसका २२ वर्षिय रजत कुमार रहेका छन् ।
त्यसै गरी उत्तर प्रदेश गोरखपुर जिल्ला एम्स पोष्ट अफिस कुडाघाट पोष्टका १८ वर्षिय लक्की जैसवाल, जिल्ला संतकविर पोष्ट अफिस खलिलवा थानाका २१ वर्षिय सतेन्द्र कुमार, सोही स्थानका २५ वर्षिय अवधेश कुमार, १८ वर्षिय मोहित कुमार, गोरखपुर जिल्ला क्यान्ट थाना मोहदिपर पोष्टका २० वर्षिय प्रियान्सु जैसवाल, सोही स्थानका १९ वर्षिय मनिष पासवान र उत्तर प्रदेश आजमगढ जिल्ला सदर थाना पोष्टका २५ वर्षिय शिवम सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
अवैध रुपमा अनलाइन गेममार्फत (जुवा सट्टाबाजी) सञ्चालन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नविन पौडेलले जानकारी दिए ।
वाट्सएप समेतको माध्यमबाट टाइगर ग्रुप, शिव ग्रुप, विनायक ग्रुप बनाइ क्रिकेट, फुटबल, हक्की, हर्स रेस लगायतका गेमहरु ल्डसै एक्सचेन्ज, अल प्यानल, अल प्यानल ७७७, स्याफरोन, ताज ००७, क्लासिकएक्ससीएच९९, गोएक्ससीएच९ लगायतका वेबसाइटहरुबाट अवैध रुपमा अनलाईन बेटिङ (जुवा सट्टावाजी) सञ्चालन गरिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरिएको डीएसपी पौडेलले बताए ।
उनीहरुको साथबाट विभिन्न कम्पनीको मोबाइल सेटहरु ४० थान, विभिन्न कम्पनीको ल्यापटप ३ थान र राउटर २ थान समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेपकाहरुलाई रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्