सैनामैना-रुपन्देहीको सैनामैनामा रहेको दुधराक्ष युवा क्लवको आयोजनामा माघ २५ गते देखी फागुन ३ गते सम्म सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता सैनामैना–६, कलौनी चोक लुम्बिनी रोड खेल मैदानमा सञ्चालन हुनेछ ।
भलिवल खेल सञ्चालन गर्नका लागि नेपाल भलिबल संघमा क्लवले मंसिर १० गते पत्रचार गरेको थियो । उक्त पत्रका आधारमा संघले अन्तर्राष्ट्रिय भलिवल महासंघ र नेपाल भलिबल संघको नीति नियम भित्र रहि प्रतियोगिता सञ्चालन गर्न स्वीकृती प्रदान गरेको छ ।
प्रतियोगितामा राष्ट्रिय स्तरका क्लवहरुलाई सहभागी गराउने दुधराक्ष युवा क्लवका अध्यक्ष किरन पोख्रेलले बताए । त्यस्तै प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने टिमलाई नगद, शिल्ड, मेडल र प्रमाण पत्रले सम्मान गरिने भन्दै खेल सम्बन्धी अन्य जानकारी छिट्टै पत्रकार सम्मेलन गरेर घोषणा गर्ने क्लवका सचिव पदम पाण्डेले बताए ।
क्लवले गत वर्ष स्व.ढुण्डी थरुनी स्मृति कप अन्तर्गत जिल्लास्तरीय भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो ।
प्रकाशित मिति : बुधबार, मंसिर १२ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्