रास्वपा कार्यकर्ता र प्रहरीबीच चितवनमा झडप

रास्वपा कार्यकर्ता र प्रहरीबीच चितवनमा झडप

चितवन,
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको पक्षमा नाराबाजी गर्दै रास्वपा कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले पनि लाठीचार्ज गरेको हो ।

राजनीतिक प्रतिशोधविरुद्ध खबरदारी भन्दै भेला भएका रास्वपा कार्यकर्ताहरूकाे जुलुस भरतपुरकाे चौविसकोटीबाट प्रहरी कार्यालयतर्फ अगाडि बढ्न थालेपछि प्रहरीले रोक्न खोजेको थियो । त्यसक्रममा प्रदर्शनकारीबाट ढुंगा प्रहार गरेपछि प्रहरीले लाठीचार्ज गरेको हो । स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी खटाइएकाे छ ।

अहिले जिल्ला सरकारी वकिलको कार्यालयमा लामिछानेको बयान भइरहेको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर १९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij