काठमाडौं : नेपाल प्रिमियर लिगको मंगलबार दोस्रो खेलमा करओाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले हराएको छ। पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको लक्ष्य दिएको थियो।
जितको लक्ष्य लिएर मैदानमा उत्रिएको कर्णालीले ५ ओभर बाँकी छदैँ खेल जितेको हो। कर्णालीका लागि चाडविक वाल्टन ४२, बाबर हायात ७, देव खनाल शून्यमा आउट भए भने गुलशन झा ४९ र विलियम बसिस्टो २ रनमा अविजित रहे।
पोखराका लागि कप्तान कुशल भुर्तेल, विपिन खत्री र सागर ढकालले समान एक एक विकेट लिए। कर्णाली याक्सविरूद्ध टस जितेर ब्याटिङ गरेको पोखराले सबै विकेट गुमाएर १०३ रन बनाएको थियो।
पोखराका लागि दिनेश कार्की २६, आन्द्रेश गोस २५, रेमन राफर २०, कुशल भुर्तेल १०,दिलिपनाथ ३, माइकल लिस्क २ म्याट क्रिट्ले र आकाश चन्द समान एक एक रन बनाए। कर्णालीका लागि विलियम बोसिस्टोले ६, सोमपाल कामी, युनिश ठकुरी, विपिन शर्मा ले एक एक विकेट लिए।
यसअघि पोखराले तीन खेलमा दुई हार र एक जित हासिल गरेको थियो भने कर्णालीले चार खेलमा दुईमा जित र दुईमा हार व्यहोरेको थियो।
प्रकाशित मिति : मंगलबार, मंसिर २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्