लुम्बिनी विकास कोषको कार्यालयमा सोमबार स्थानीय र प्रहरीबीच झडप

लुम्बिनी विकास कोषको कार्यालयमा सोमबार स्थानीय र प्रहरीबीच झडप

भैरहवा,
लुम्बिनी विकास कोषको कार्यालयमा सोमबार धर्ना दिन पुगेका स्थानीय र प्रहरीबीच झडप भएको छ । लुम्बिनी बचाउ महाअभियान र लुम्बिनी विकास कोषबीच यसअघि भएको १२ बुँदे सम्झौता कार्यान्वयन नभएपछि कोषको कार्यालयमा विरोध प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गरेको स्थानीयको गुनासो छ । मायादेवी मन्दिरभित्र परम्परागत पूजापाठ गर्न पाउनुपर्ने, अदालतको आदेशविपरीत लगाइएको मायादेवी मन्दिर प्रवेश शुल्क खारेज गर्नुपर्ने, उत्खननका बेला प्राप्त मूर्ति र अस्तुधातु लगायतका सामग्री खोजी गरी लुम्बिनीमै पुनस्थापित गर्नुपर्ने लगायतका माग राख्दै स्थानीयले प्रदर्शन गरेका थिए ।
लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दीन खाँले कार्यालय घेराउ गर्न आएका महिलाहरुमाथि प्रहरीले दमन गरेको आरोप लगाए । उनले भने, ‘विगतमा भएका सम्झौताहरु कार्यान्वयन किन नभएको भन्दै कार्यालय घेराउ गर्न पुगेका स्थानीयहरुमाथि प्रहरीले लाठी प्रहार गरेको थियो ।’ लुम्बिनी विकास कोषले सम्झौता कार्यन्वयन नगरे अब कडा अन्दोलनमा उत्रिन्छौं, ’उनले भने । मायादेवी मन्दिरमा पुजा गर्ने परम्परालाई बन्देज लगाई लुम्बिनी विकास कोषमा जग्गादान दिएकाहरुलाई अवहेलना गर्दै कर्मचारी भर्ना गरिएको उनले आरोप लगाए । त्यसै गरी मायादेवी मन्दिरमा प्रवेशको लागि लगाइएको टिकट शुल्क खारेज गर्न माग रहेको उनले बताए ।

तर, लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले समस्या सुल्झाउने भन्दा बल्झाउने गरी केही व्यक्ति लागेकाले समस्या भएको दावी गरे । उनले कोषले सहमति गरेका र आफूलाई अधिकार भएका मागहरु पूरा गरेको बताउँदै प्रवेश शुल्क हटाउने विषयमा सम्बोधन गर्न नसकिने बताए । ‘पूजापाठ कसैलाई रोकिएको छैन, कोषले पूरा गर्न सक्ने सबै माग पूरा भएका छन् । लुम्बिनी विश्वमा शान्ति चाहनेहरुको हो भन्ने बुझ्न जरुरी छ’, उनले भने ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० सुरज कार्कीले प्रहरीले बल प्रयोग नगरेको दावी गरे । डीएसपी कार्कीले कार्यालयभित्रको भीड नियन्त्रण गर्न सबैलाई बाहिर मात्र निकालिएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : सोमबार, पुष ८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij