लुम्बिनी प्रदेशका आयुर्वेदिक चिकित्सकलाई क्षमता अभिवृद्धि तालिम

लुम्बिनी प्रदेशका आयुर्वेदिक चिकित्सकलाई क्षमता अभिवृद्धि तालिम

 लुम्बिनी प्रदेशका आयुर्वेदिक चिकित्सकलाई बालरोग सम्बन्धी क्षमता अभिवृद्धि गर्नको लागि अभिमुखीकरण तालिम सुरु गरिएको छ। स्वास्थ्य तालिम केन्द्र बुटवलको आयोजनामा ३ दिने क्षमता अभिबृद्धि सम्बन्धित अभिमुखीकरण तालिम आयोजना गरिएको हो।

रुपन्देही ,गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, दाङ, बर्दिया लगायतका १२ जिल्लाका आयुर्वेद चिकित्सकहरुको सहभागीता रहेको तालिमको एक कार्यक्रमका बिच उदघाटन गरिएको हो

उदघाटन समारोहमा बोल्दै स्वास्थ्य तालिम केन्द्र बुटवलका निमित्त निर्देशक भुवन कुबरले आयुर्वेदिक चिकित्सकलाई बालरोगसम्बन्धी थप ज्ञान र क्षमतामा वृद्धि गराउने उदेश्यले तालिम आयोजना गरिएको बताउनु भयो । उहाले एलोप्याथीक मात्र नभई अहिले स्वास्थ्य क्षेत्रमा आयुर्वेदको महत्वपुर्ण भुमिका रहेकोले वताउनु भयो ।

प्रदेशमा कुपोषण वाल मृत्युदर अटिजम बिरामीहरु दैनिक वढदोरहेको ले यस तालिमले उपचारको लागी चिकित्सक हरुलाई थपराहत पुग्ने भएकोले डाटा बेशवाट सिक्ने र सिकाउन आग्रह गर्नु भयो। उहाले आवश्यकता अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य तालिम केन्द्रले यि र यस्ता तालिम दिईरहेको बताउनु भयो ।

कार्यक्रममा लुम्बिनी आयुर्वेद चिकित्सालयका प्रमुख डा प्रबेश श्रीवास्तवले कार्यक्रमको वारे औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।स्वास्थ्य तालिम केन्द्र बुटबलका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नेत्रलाल अर्यालको स्वागत तथा शितल भण्डारीको सञ्चालमा कार्यक्रम भएको थियो।

कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ शाखा अधिकृत कृष्ण पराजुली प्रशिक्षक डा अर्जुन शर्मा डा प्रबेश श्रीवास्तव लुम्बिनी आयुर्वेद चिकित्सालयका बरिष्ठ कबिराज गणेश सापकोटा लगायतको सहभागीता रहेको थियो । तालिम ३ दिन सम्म चल्ने स्वास्थ्य तालिमकेन्द्र बुटबलले जनाएको छ।

 

प्रकाशित मिति : बिहिबार, पुष १८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij