आज राति अत्यधिक उल्का वर्षा हुँदै

आज राति अत्यधिक उल्का वर्षा हुँदै

काठमाण्डाै – आज राति अत्यधिक उल्का वर्षा हुने भएको छ । नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले विज्ञप्ति निकालेर आज राति सन् २०२५ को पहिलो उल्का वर्षा हुने जानकारी गराएको हो ।

बुटिज अर्थात भूतप नामको तारामण्डलबाट उल्का वर्षा हुने मानिएकाले उल्का वर्षालाई भूतप नाम दिइएको छ । पुस १३ गतेदेखि सक्रिय रहेको भूतप उल्का वर्षा आउँदो २८ गतेसम्म रहने छ । तर आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुने छ । आज रातिको उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको ठाउँबाट कुनै उपकरणको प्रयोगविनै सजिलै हेर्न सकिने नासोले जनाएको छ ।

प्रतिघण्टा ५० देखि एक सय २० वटासम्म उल्का वर्षा हुने नासोको अनुमान छ । आज राति आकाशमा हेरेर मनोरञ्जन लिन सक्ने नासोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कणहरू र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई नै उल्का वर्षा एवम् चलनचल्तीको भाषानुसार तारा खसेको भन्ने गरिन्छ ।

 

 

प्रकाशित मिति : शुक्रबार, पुष १९ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij