लायन्स क्लब अफ बुटवल शिद्धबाबाद्वारा नन्दिनी गौशालालाई खाद्यन्न सहयोग

लायन्स क्लब अफ बुटवल शिद्धबाबाद्वारा नन्दिनी गौशालालाई खाद्यन्न सहयोग

बुटवल -लायन्स क्लब अफ बुटवल शिद्धबाबाले नन्दिनी गौशालालाई खाद्यन्न सहयोग गरेको छ । लायन्स क्लब अफ बुटवल शिद्धबाबाद्वारा १४६औं मेलभिन जोन्सन डे को सप्ताह ब्यापी सर्भिसका कार्यक्रम मा हङगर रिलिफ ९ग्लोबल कज ० अन्तर्गत गाइलाई खाना खुवाउने कार्यक्रम अन्तर्गत बुटवल( ७ शिबनगरमा रहेको नन्दिनी गौशालामा क्लबका अध्यक्ष ला ।सिताराम रसालिको अध्यक्षता , लायन्स क्लब ईन्टरनेस्नल ३२५ पि नेपालका सिनीयर डिष्ट्रिक एडभाइजर तथा क्लवका सस्थापक अध्यक्ष लायन राम प्रसाद बन्जाडेको प्रमुख आतिथ्यता र डिष्ट्रिक एडभाइजर कृष्ण प्रसाद भुसाल, जोन चेयर पर्सन ला। ओम थापा को विशिष्ट आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमकाप्रमुख आतिथि लायन्स क्लब ईन्टरनेस्नल ३२५ पि नेपालका सिनीयर डिष्ट्रिक एडभाइजर तथा क्लवका सस्थापक अध्यक्ष लायन राम प्रसाद बन्जाडेले गौशाला मा संरक्षित गाईवस्तु लागि २२ हजार ४६५ मुल्य बराबर को दाना चापटहरु प्रदान गरेर पुण्य काम गरेकोमा क्लव को प्रसंसा गर्दै यसैगरी अन्य सामाजिक कार्यहरू पनि सक्रिय रुपमा लाग्न सुझाव व्यक्त गर्नुभयो।
कार्यक्रममा गौशालाको बारेमा गौशाला इन्चार्ज रानी कानून बानियाँले जानकारी गराउँदै सहयोग लागि धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रम क्लवका अध्यक्ष लायन सिताराम रसाइलीले गौशालामा आएर गाईहरुको सेवा र सहयोग गर्न पाउदा साच्चिकै खुसिको अनुभुति भएको बताउनुभयो।
उक्त कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु( ठाकुर प्रसाद आचार्य,ज्योति भण्डारी, भोजराज पाण्डे,झबिन्द्र अधिकारि,नारायण तिवारी तुल्सिराम भन्डारी नेत्र प्रसाद पाण्डे लगायत क्लव का सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन महेस पाण्डेले गर्नु भयको थियो।

प्रकाशित मिति : शनिबार, पुष २७ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij