माघेसङ्क्रान्ति पर्व : धार्मिकस्थलहरूमा भक्तजनको घुइँचो

माघेसङ्क्रान्ति पर्व : धार्मिकस्थलहरूमा भक्तजनको घुइँचो

चितवन, तनहुँ र नवलपरासीमापर्ने कालीगण्डकी नदी र त्रिशुली नदीको सङ्गलमस्थल पवित्र तिर्थस्थल देवघाट वेणीमा मङ्गलबार बिहान मकर (माघेसङ्क्रान्ति) स्नान गर्दै भक्तजन । तस्बिर ः सनद अधिकारी÷रासस

काठमाण्डौ – देशभर आज माघेसङ्क्रान्ति पर्व मनाइँदैछ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका ठाउँमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ ।

 

थारू समुदायले माघ १ गतेलाई माघी पर्व एवम् नयाँ वर्षका रुपमा मनाउँदै छन् । तराईवासीले नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । आज सरकारले सार्वजनिक विदा दिएको छ ।

देवघाटमा नुहाउन जानेहरुलाई गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था

माघेसङ्क्रान्ति दिन आज देवघाटधाममा नुहाउन जाने तीर्थालुको घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ ।

नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०, तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जाने गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो ।

 

गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर तीनका वडाध्यक्ष शिवकान्त तिवारीले कालीगण्डकी नदीको केलादीघाटबाट बेनीमा जानका लागि निःशुल्क र्‍याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार नवलपुरतर्फबाट सहज रूपमा यात्रा गर्न सकिने भएको छ ।

गैँडाकोटको ब्रिटिस क्याम्प हुँदै देवघाट बेनीको वारिपट्टि केलादीघाट पुगिने र त्यहाँबाट पारि जान निःशुल्क डुङ्गा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

स्नान गरेर फर्किने तीर्थालुका लागि केलादीघाटमा सुरक्षित स्नानघाट निर्माण गरिएको छ । बेनी सङ्गममा स्नान गर्ने भक्तजनका लागि केलादीघाटबाट निःशुल्क डुङ्गामा जाने व्यवस्था गरिएको छ ।

डुङ्गा सञ्चालकसँग सम्झौता गरिएको र उनीहरूलाई वडा कार्यालयले नै शुल्क भुक्तानी गर्ने वडाअध्यक्ष तिवारीले बताउनुभयो ।

प्रकाशित मिति : मंगलबार, माघ १ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij