दाङ ,
दाङमा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १७ कर्जाहीका ६५ वर्षीय निमप्रसाद चौधरी रहेका छन्।
सोमबार बिहान घोराही उपमहानगरपालिका(१३ दारबोटे चोकमा बसपार्कबाट बराह पेट्रोलपम्पतर्फ जाँदै गरेको रा५प ५१७५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ।
प्रकाशित मिति : सोमबार, माघ ७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्