नवलपरासी – विश्व रेडियो दिवसको अवसरमा पश्चिम नवलपरासीको सामुदायिक रेडियो परासी ९०।२ मेगाहर्जले सडक दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । दिवसको अवसरमा जिल्ला ट्राफिक कार्यालय र स्वास्थ्य कार्यालय नवलपरासीको सहकार्यमा आज सचेतना कार्यक्रम गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भेषराज शर्माको अध्यक्षता र रामग्राम नगरपालिकाका मेयर धनपत यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मेयर यादवले नगरभित्र ट्राफिक व्यवस्थापन गर्न सबै पक्षसँग सहकार्य गरेको बताउनुभयो ।
कार्यक्रममा सामुदायिक रेडियो परासीका अध्यक्ष राजकुमार रेश्मीले रेडियोले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै सचेतना जागृत गरेको बताउनुभयो । कार्यक्रममा ट्राफिक सचेतनाका झन्डै दुई हजार वटा स्टिकर वितरण गरिएको छ ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्