प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं  ः प्रतिनिधि सभा बैठक आज बस्दैछ।  दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने कार्यसूची छ।

 

 

सांसदहरूले राखेको प्रश्नमा प्रधानमन्त्री ओलीले रोस्टमबाट जबाफ दिनेछन्। आजको बैठकमा अरू तीन कार्यसूची पनि छन्।  संसद् सचिवालयले यसअघि गरेको विभाजन अनुसार समुह ८ मा रहेका सांसद्हरुले प्रश्न सोध्नेछन्। बढीमा १५ जनाले प्रश्न सोध्न पाउने व्यवस्था भएपनि यसपटक १० जनाले मात्रै प्रश्न दर्ता गराएका छन्।

सार्वजनिक विषयमा सरकारलाई उत्तरदायी बनाउन केपी शर्मा ओली नै प्रधानमन्त्री भएका बेला २०७५ सालमा सुरू गरिएको सांसद र प्रधानमन्त्रीबीचको प्रश्नोत्तर कार्यक्रममा ६ वर्षपछि पनि प्रधानमन्त्री ओलीले पुरानै शैलीका प्रश्नको सामना गर्नुपर्ने देखिएको छ।

उनीहरूले २ देखि ८ वटासम्म प्रश्न सोध्ने तयारी गरेका छन् । प्रधानमन्त्रीका लागि अधिकांश सांसदले पूर्वाधार विकाससम्बन्धी प्रश्न राख्नेछन्।

कस्ता छन् त सांसदका प्रश्न ?

राष्ट्रिय गौरवका आयोजना र प्राथमिकताप्राप्त आयोजना समयमै नसक्ने, लागत बढ्ने र लामो समय उपयोग गर्न नपाउने लगायतका समस्या समाधान गर्न सरकारले गरेको तयारीबारे सांसदले प्रश्न राख्नेछन्।

त्यसैगरी १ सय ६५ निर्वाचन क्षेत्रमा तामझामका साथ सिलान्यास गरिएका रणनीतिक सडक र बजेट अभावमा अलपत्र परेका पालिका अस्पताललगायतबारे पनि प्रश्न प्रधानमन्त्रीका लागि सांसदले पठाएका छन्। अर्थतन्त्रमा शिथिलता आएको, पुँजीगत खर्च हुन नसकेको भन्दै समग्र मुलुकको अर्थतन्त्र सुधार गर्न सरकारको नीति र प्राथमिकताबारे पनि सांसदले सोध्नेछन्।  विगतका सरकारले विश्वविद्यालयमा कायम गरेको मेरिटोक्रेसिप्रति वर्तमान सरकारले ध्यान नदिएको र दलीयकरण र हस्तक्षेप गरेको भन्दै सुधारका लागि सरकारले गर्ने कामबारे पनि सांसदले सोध्ने जनाइएको छ।  सरकारले ल्याएको विवादित अध्यादेशका विषय पनि सांसदहरूले प्रश्न गर्नेछन्। र, सांसदले उत्तर दिनुपर्नेछ।

यी प्रश्न प्रधानमन्त्री स्वयंले पनि पटकपटक जवाफ दिइसकेका विषय पनि हुन्।  सांसदले अग्रिम र लिखित रुपमा संसद् सचिवालयमार्फत् बुझाउने प्रश्नमा प्रधानमन्त्रीले जवाफ पनि अग्रिम रुपमै तयारी गरेर संसद्मा जवाफ दिनेछन्।

 

प्रकाशित मिति : आइतबार, फाल्गुन ४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij