गुल्मी , गुल्मीमा विद्यालय हिँडेकी बालिकाको ढुङ्गाले किचिएर ज्यान गएको छ । जिल्लाको इस्मा गाउँपालिका–२ टारमा बाटो खन्ने जेसिबीले पल्टाएको ढुङ्गामा ८ वर्षिया बालिका विष्णु कुमालको ज्यान गएको प्रहरीले जनाएको छ ।
छल्दीबाट हस्तीचौर जाने भित्री कच्ची सडक खन्ने क्रममा श्रेष्ठ कन्स्ट्रक्सनको जेसिभीले पल्टाएको ढुंगाले लागेर पालुखा माविमा अध्ययनरत बालिकाले ज्यान गएको हो । जेसिबीचालक मकवानपुर इन्द्रचौर गाउँपालिका– ४ सिस्नेरीका ३६ वर्षीय राजेश रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुन ४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्