दाङ, दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ६ जना घाइते भएका छन्।
सुर्खेतबाट काठमाडौं जाँदै गरेको रात्रिबस बबई गाउँपालिका–२ स्थित ट्वाङखोलामा दुर्घटनामा परेको हो।
मंगलबार राति साढे ९ बजेतिर दुर्घटना हुँदा बसमा सवार कम्तीमा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कविराज रोकायाले जानकारी दिनुभयो ।
दुर्घटनापछि घटनास्थलमा पुगेर प्रहरीले यात्रुहरूको उद्दार गरेको छ। बसमा करिब ४० देखि ४५ यात्रु सवार भएको अनुमान छ।
गाडी अनियन्त्रित भएर पल्टिएको हुन सक्ने र घटनाबारे थप विवरण आउँन बाँकी रहेको प्रहरीले बता
एको छ।
प्रकाशित मिति : बुधबार, फाल्गुन ७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्