११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बृहत् रक्तदान

११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बृहत् रक्तदान

नगरभित्र रहेका नागरिकका लागि निशुल्क रगत उपलब्ध गराएका छौ :खेलराज पाण्डे

बुटवल-११५ अाैँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकाे अवसरमा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देही जिल्ला शाखाकाे  आयाेजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले बुटवल उपमहानगरपालिकाभित्र रहेका नागरिकका लागि निशुल्क रगत उपलब्ध गराएकाे बताए । प्रमुख अतिथि उनले कुनै समय महिलाले रगत दिनु निकै कठिनकाे कुरा भएकाे बताउँदै अहिले महिलाहरुकै सक्रियतामा महिलाहरुले नै बृहत् रक्तदान गर्न सक्ने भएकाेप्रति गर्व महसुस भएकाे बताए ।नगरप्रमुख पाण्डेले अब भने महिलाकाे लागि महिलाले नै रगत दिन सक्ने गरी लाग्नुपर्नेमा जाेड दिए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले नगरपालिकाले सदैव हरेक क्षेत्रका महिलाहरुलाई महत्त्व दिएर अघि बढेको बताइन् । कार्यक्रममा विशेषगरी महिला आवद्ध रहेका संघसंस्थाहरु सह आयाेजकका रुपमा उत्साहजनक सहभागिता रहेकाे थियाे । कार्यक्रममा आयाेजक संस्थाकाे तिलाेत्तमा शाखा , लुम्बिनी वेल्फेयर साेसाइटी नेपाल , बुटवल लेडी जेसिस , इनरह्वील क्लव अफ बुटवल जितगढी , परावर्तन सामाजिक उद्यमी सहकारी संस्था , नारी बहुउद्देश्यीय सहकारी संस्था , दुरदर्शी महिला कृषि  सहकारी संस्था , महिमा ज्याेति चर्च , लायन्स क्लव अफ भृकुटी टाउन मनकामना , सञ्चारिका समूह नेपाल रुपन्देही , ब्लु काेड एजुकेसन बुटवल , लायन्स क्लव अफ बुटवल सयपत्री , क्रियाशील पत्रकार समूह रुपन्देही , लायन्स क्लव अफ बुटवल देउराली साँकुरा , लायन्स क्लव अफ शंकरनगर वाटिका , मानव अधिकारकाे लागि महिला एकल महिला समूह रुपन्देही , मैथिल समाज नेपाल रुपन्देही , लियो क्लव अफ बुटवल सिद्धबाबा , रारा कृषि सहकारी संस्था लिमिटेड , नेपाल मगर महिला संघ नगर समिति बुटवल , भूतपूर्व सैनिक कल्याण क्लव बुटवल महिला समितिका सदस्यहरुकाे सहभागिता रहेको थियाे । कार्यक्रम संयाेजक जानकी नेपालले याे अभियानलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरिन् । समाजका अध्यक्ष कृष्ण चाैहान क्षेत्रीले बृहत् कार्यक्रममा साथ दिने सबैलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा लक्ष्यअनुसार नै १५० युनिटभन्दा बढी रगत संकलन गर्न सलफ भएकाे कार्यक्रम संयाेजक जानकी नेपालले बताइन् ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij