बुटवल, शुद्धोधनका किसानहरुले छाडा चौपायाको व्यबस्थापन गर्न स्थानीय सरकारसँग माग गरेका छन ।
सामाजिक परिवर्तन केन्द्रले शुद्धोधनको वडा नम्बर २ र ७ मा आयोजना गरेको संबाद कार्यक्रममा बोल्दै किसानहरुले छाडा चौपायाका कारण अन्नवालीमा वर्षेनी ठूलो क्षति भइरहेको बताए ।
उनीहरुले बर्षभरीको लगानी एकरातमा सखाप हुने गरेको भन्दै छाडा चौपायाको नियन्त्रण गर्न स्थानीय सरकार किन उदासिन रहेको छ भन्दै प्रश्न गरेका थिए । खासगरी वन संग जोडिएका बस्ती वरपरका किसानहरु जंगली जनावर र छाडा चौपायाका कारण बढी प्रभावित हुने गरेको बताएका थिए ।
छाडा छोडिएका गाईगोरु तथा निलगाई , बदेलजस्ता जंगली जनावरले अन्नवाली खाइदिने र कुकुरले घर पालुवा चौपायालाई टोकेर दुख दिने गरेको गुनासो किसानहरुको रहेको छ ।
व्यवसायीक पशुपालका लागि खोलिएका फार्महरुले दुध दिन छोडेपछि जर्सी गाईलाई छोडिदिने गरेको भन्दै किसानहरुले गाई फार्महरुको अनुगमन आवश्यक रहेकोमा जोड दिएका थिए ।
किसानहरुले गाउँमा बाख्रा चोरीका घटनाहरु पनि बढेको गुनासो गर्दै आफुहरु रातभर जाग्राम बस्नु पर्ने अबस्थामा रहेको बताएका थिए ।
स्थानीय समूदाय र स्थानीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिदै किसानहरुले किसानको आवश्यकता र समस्याका आधारमा छाडा चौपाया नियन्त्रणका लागि बजेट विनियोजन गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै वडा नम्बर २ का अध्यक्ष कमल खड्का क्षेत्रीले हिरापुर, गोपालपुर, बनगाई , भुजौली लगाएतका क्षेत्रहरुमा जंगली जनावर र छाडा चौपाया तथा चोरीका घटनाहरु बढेको बताउदै प्रहरीसँग समन्वय र स्थानीयको सकृयता आवश्यक रहेको बताउनु भयो ।
वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष भिमनारायण थारुले मधुवनी , मटेरीया , दक्षिण मधुवनी , वोहरवा क्षेत्रमा छाडा चौपायाको नियन्त्रण गरी किसानको उत्पादनलाई सुरक्षित गर्नका लागि पालिकाले पहल गरिरहेको बताउनु भयो ।
प्रकाशित मिति : बिहिबार, चैत्र २१ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्