काठमाडौं : सरकारले नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्त गर्ने गरी गृहकार्य अघि बढाएको छ। सम्भवतः आज बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ गभर्नर नियुक्त गर्ने सम्भावना छ।
मन्त्रिपरिषदको बैठक आज अपरान्ह बस्ने सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। उनले आजको बैठक नियमित भएको बताए।
गभर्नर महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल पूरा गरेर शुक्रबार बिदा भएसँगै सिफारिस समितिले आज बिहान सिफारिस गर्ने तयारी छ। सरकारले गठन गरेको सिफारिस समितिमा पूर्वगनर्भर विजयनाथ भट्टराई र अर्थविद् विश्व पौडेल छन्।
पूर्वगभर्नरहरूले व्यवसायी र राजनीतिक दलको लबिइङमा परेका व्यक्तिभन्दा अर्थशास्त्र बुझेका र अहिलेको सुस्त अर्थतन्त्र उकास्न सक्ने व्यक्ति नियुक्त गर्न सुझाव दिएका छन्।
को–को छन् दौडमा ?
गभर्नरमा डेपुटी गभर्नर नीलम ढुंगाना र कार्यकारी निर्देशक गुणाकर भट्ट मुख्य उम्मेदवारको सूचीमा छन्। राष्ट्र बैंककै हाल सञ्चालक सदस्य रवीन्द्र पाण्डे र पूर्वमूख्यसचिव राजेन्द्र किशोर क्षत्री पनि कसरतमा छन्। तर, शीर्ष नेता नै तयार नभएपछि स्वार्थ समूहले बोकेका भनिएका क्षत्री पछाडि परेका छन्। कांग्रेसको एउटा पक्षले प्रयास गरे पनि पाण्डेलाई गभर्नर बनाउन प्रधानमन्त्री र अर्थमन्त्री विष्णु पौडेल तयार छैनन्।
नीलमलाई गभर्नर बनाउन स्वार्थ समूहको समेत पहलमा प्रधानमन्त्री स्वयं लागिपरिरहेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवा गुणाकरको पक्षमा छन्।
त्यस्तै राष्ट्र बैंकका अर्का डेपुटी गभर्नर बमबहादुर मिश्र, भर्खरै राजीनामा दिएर गभर्नरको दौडमा आएका राष्ट्रिय योजना आयोगका सदस्य डा प्रकाश कुमार श्रेष्ठ र नबिल बैंकको सीईओबाट राजीनामा दिएर गभर्नर बन्न कस्सिएका ज्ञानेन्द्र ढुंगाना पनि दाबेदारको रूपमा छन्।
प्रकाशित मिति : सोमबार, चैत्र २५ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्