बुटवल
रूपन्देहीको लुम्बिनीमा पिकअप दुर्घटना हुदा एक जना बालिकाको मृत्यु भएको छ भने १८ जना घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ७ मा लु १ च २७६३ नम्बरको पिकअप भ्यान सोमबार साँझ करिब सवा ५ बजे अनियन्त्रित भई पल्टिएको हो ।
लुम्बिनीबाट मुण्डन संस्कार गरि घर फर्किने क्रममा भ्यान मोडमा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको उनलेे बताए । दुर्घटनामा करिब १२ वर्षिय एक वालिकाको मृत्यु भएको र अन्य १८ जना घाईते भएको कार्कीले जानकारी दिए ।
घाईतेहरुको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा उपचार भईरहेकोमा २ जनाको अवश्था गम्भिर रहेको र अन्यको सामान्य रहेको कार्कीले बताए । उपचार गराईरहेका सबै घाईतेहरु रुपन्देहीकै भए पनि उनिहरु बारे समाचार तयार पार्दा सम्म विस्तृत विवरण खुलीसकेको छैन । गाडी चालक जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नम्बर ४ बस्ने २६ वर्षिय अशोक पासीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, चैत्र २६ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्