काठमाडौं । जग्गा विवादमा दाजुभाइबीच हात हालाहालसम्मको अवस्था सिर्जना हुन्छ । विवादित जग्गामा लगाइको गहुँ काट्ने विषयमा हात हालाहाल भइरहेको सूचना प्रहरीसम्म पुग्छ ।
सूचना पाए लगत्तै प्रहरी टोली घटनास्थल पुग्छ । दाजुभाइबीचको झगडा छुट्याउन खोज्छन् । झगडा छुट्याउन खोज्दा दाजुको साथमा गोली लोड भएको पेस्तोल फेला पर्छ ।
यो घटना पर्साको सखुवा प्रसौनी गाउँपालिका(६ महुवन र एकडर्वा गाउँको हो । विवादित जग्गामा गहुँ काट्ने विषयमा ६० वर्षीय वीरेन्द्र यादव दाजु र ५५ वर्षीय सिकिन्द्र यादव भाइ बीच हात हालाहाल भएको थियो ।
दाजुभाइ बीचको झगडा छुट्याउन खोज्दा वीरेन्द्रको साथबाट गोली लोड भएको कटुवा पेस्तोल बरामद भएको पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता किशोर लम्साल बताउँछन् ।
लम्सालका अनुसार वीरेन्द्रले कालो बेल्टमा लोड भएको कटुवा पेस्तोल र थप ३ राउन्ड गोली लुकाएर ल्याएको पाइएको छ ।
‘वीरेन्द्रको साथबाट गोली लोड भएको अवस्थामा पेस्तोल बरामद भएको छ । उनको मनासय हेर्दा भाइ सिकिन्द्रमाथि प्रहार गर्नकै लागि गोली लोड भएको पेस्तोल लुकाएर लगेको देखिन्छ,’ प्रवक्ता लम्सालले भने ।
वीरेन्द्रलाई नियन्त्रणमा लिएर हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति : बुधबार, चैत्र २७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्