टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता

टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता

पर्वत , कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छन् । पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदी किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशिला गाउँपालिका–५ घर भई पोखरा बस्ने ३५ वर्षीया विष्णु पन्त चिप्लिएर लड्दा नदीमा खसेकी थिइन् ।

बेपत्ता पन्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बल २५ नं गण चण्डिकाको टोलीले खोजीकार्य तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिनुभयो । प्रहरीको टोली खोजी गर्दै बिहादीसम्म पुगिसकेको छ ।

उनीसँगै उनकी दिदी र दुई छोरा समेत गएका थिए । उनीहरु भने सकुशल फर्किएको प्रहरीले जनाएको छ । नयाँ वर्ष तथा वैशाखे सङ्क्रान्तिको अवसरमा कालीगण्डकी स्नान गर्नका लागि विभिन्न जिल्लाका भक्तजनको घुइँचो लाग्छ ।

प्रकाशित मिति : सोमबार, बैशाख १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij