काठमाण्डौ – नेपाल सुपर लिग एनएसएल फुटबलमा एफसी चितवनले धनगढी एफसीलाई हराएको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको लिग चरणको अन्तिम खेलमा चितवनले धनगढीलाई ३–१ ले हराउँदै प्लेअफमा प्रवेश गरेको हो । जीतसँगै ६ खेलमा १० अङ्क जोडेको चितवन तेस्रो स्थानमा रहेको छ ।
पहिलो हार बेहोरेको धनगढी समान खेलबाट ११ अङ्कका साथ दोस्रो स्थानमा छ । यस्तै आठ अङ्क रहेको काठमाण्डौ रेजर्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।
चौथो स्थानमा रहेको पोखरा थन्डर्ससँग समान आठ अङ्क रहे पनि गोल अन्तरमा पछि पर्दै काठमाण्डौ बाहिरिएको हो ।
नेपाल सुपर लिग एनएसएल फुटबलको पहिलो सेमिफाइनलमा भोलि ललितपुर सिटी एफसी र धनगढी खेल्नेछन् ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्