बुटबल उपमहानगरपालिका -११, बुद्धनगरमा गोली चलेको छ । गोली लागेर एक युवती घाईते भएकी छन् । गोली शनिबार विहान ८ बजेर ३६ मिनेटमा चलेको हो ।पाल्पा रैनादेवी छहरा घर भई बुटवल ११ बुद्वनगरमा रहेको डायक्सन फूड एण्ड वयभरेज संचालिका बर्ष २९ की टिका बिष्ट घाईतेरहेको प्रहरीले जनाएको छ ।युवतीको ढाडमा गोली लागेको प्रहरीले जनाएको छ।
गोली प्रहार गर्ने व्यक्ति वा समूहको पहिचान नभएको तर, अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाईते महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, बैशाख ६ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्