तुलसीपुर-दाङको तुलसीपुरमा एकजनाले आफैंलाई गोली हानेका छन् ।
तुलसीपुर उपमहानगरपालिका –७ मोतिपुर निवासी ८३ वर्षका नारायण आचार्यको घरमै आफ्नै गोली प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीले जानकारी दिए ।
प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ । आचार्य लामो समयसम्म रेडक्रस दाङको अध्यक्ष भएर काम गरेका थिए । प्रहरीलाई दिउँसो २ बजे खबर पुगेको थियो । हतियार कोठाभित्रै रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख ८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्