दानव नदीमा बेपत्ता तीनैजना बालकको शव फेला

दानव नदीमा बेपत्ता तीनैजना बालकको शव फेला

भैरहवा, दानव नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता तीनैजना बालकको शव फेला परेको छ । सोमबार दिउँसो रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर २ अर्दौलीका १३ वर्षिय उमेश यादव, १४ वर्षिय राजन यादव र १२ वर्षिय मुन्नु हरिजन बेपत्ता भएका थिए ।

घटनाबारे खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल, नेपाल नं। २७ गण हे।क्वा।, रुपन्देहीका गणपति सशस्त्र प्रहरी उपरीक्षक एसपी मेखराज जोशीको कमाण्डमा २५ जनाको टोली खटिएको थियो । सशस्त्र प्रहरी नायव उपरीक्षक डीएसपी मोहन न्यौपानेका अनुसार गणको टोली र स्थानीयबासीले संयुक्त रुपमा खोजतलास गर्दा सोमबार राजन यादवको शव फेला परेको थियो ।

त्यस्तै उमेश यादव र मुन्नु हरिजनको शव मंगलबार आज  बिहान ७ बजे फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

मंगलबार बिहानैबाट सशस्त्र प्रहरी बल, नेपाल वि।ओ।पि। बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षक राम कुमार घिमिरेको तथा सशस्त्र प्रहरी बल नेपाल। नं। ४२ रिर्जभ गण हे।क्वा। शम्शेरगञ्ज बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक महेन्द्र सिंह ठकुरीको कमाण्डमा खटिएको १३ जनाको गोताखोरसहितको टोलीले दुईजना बालकको शव फेला परेको हो ।

प्रकाशित मिति : मंगलबार, बैशाख ९ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij