झापा – शिक्षकहरू चढेको रात्रिबस बिहान झापामा दुर्घटना भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।
काठमाण्डौबाट झापाका लागि छुटेको प्रदेश १–०१–००१–ख ४२ नम्बरको रात्रिबस आज बिहान झापाको शिवसताक्षी नगरपालिका–९ पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा घाइते भएकाहरुको बिर्तासिटी र बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा काठमाण्डौमा भइरहेको शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिनुभयो । शिक्षक गोपाल खतिवडाको अवस्था गम्भीर रहेको पनि उहाँले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : शनिबार, बैशाख १३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्