शाखा अधिकृतको ‘अनधिकृत’ पत्रले रेशम चौधरी झण्डै ५ घण्टा थुनामा

शाखा अधिकृतको ‘अनधिकृत’ पत्रले रेशम चौधरी झण्डै ५ घण्टा थुनामा

चौधरी रिहा, अनधिकृत पत्र लेख्ने विष्ट पक्राउ

काठमाण्डाै – आज दिउँसो प्रज्ञा प्रतिष्ठान भवनमा जनमत पार्टीसँगको एकीकरण घोषणाको तयारी भइरहँदा पक्राउ पर्नुभएका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेमश चौधरी रिहा हुनुभएको छ ।

चौधरीलाई पक्राउ गर्न प्रहरीले प्रयोग गरेको सर्वोच्च अदालतको भनिएको पत्र नै अनधिकृत रहेको पाइएपछि चौधरी आजै रिहा हुनुभएको हो । बिहान सर्वोच्च अदालतले चौधरीलाई थुनामा पठाउन पत्र काटेको भन्दै प्रहरीले दिउँसो पक्राउ गरी चौधरीलाई डिल्लीबजार कारागारमा पठाएको थियो ।

तर सर्वोच्च अदालतमा यो विषयमा तत्काल कुनै पनि न्यायाधीशबाट आदेश नभई कसरी पत्र गयो भनेर हल्लाखल्ला भयो । सर्वोच्च अदालतले अनधिकृत पत्र गएको निष्कर्षसहित पत्र पठाउने सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीको जिम्मा लगाइदियो ।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले विज्ञप्ति निकालेर सर्वोच्चका कर्मचारीबाट अनधिकृत पत्र लेखेको जानकारी गराउनुभएको छ । विज्ञप्तिमा अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाही प्रक्रिया शुरू भएको उल्लेख छ ।

चौधरीलाई प्रहरीले पक्राउ गरेपछि जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणा कार्यक्रम स्थगित भएको छ । कमलादीमा रहेको प्रज्ञा भवनमा एकता घोषणाको तयारी भइरहँदा कार्यक्रम स्थलबाटै चौधरी पक्राउ परेपछि घोषणा स्थगित गरेको जनमत पार्टीका अध्यक्ष सीके राउतले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बुधबार, बैशाख १७ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij