गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मूल गेटमा संघसंस्थाहरूकाे धर्ना

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मूल गेटमा संघसंस्थाहरूकाे धर्ना

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा चलाउन माग गर्दै विमानस्थलको मूख्य गेटमा संघसंस्थाहरूले धर्ना दिएका छन् ।

उद्योग व्यापार संगठन (चेम्बर अफ कमर्श) रूपन्देहीको आयोजनामा भएको धर्ना कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि प्लेकार्ड, ब्यानर बोकेर पुगेका थिए ।

मूख्य गेटमा धर्ना दिंदै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने आशामा व्यवसायीले लगानी गरेको तर सरकारले उद्योगी, व्यवसायीको लगानी डुबाउने काम गरेको व्यवसायीहरुले गुनासो पोखे

चेम्बर अफ कमर्श रूपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिले चल्ने र बन्द हुने गर्दा जनतामा असन्तोष बढेको बताउनु भयो । तत्काल संचालन गर्न, आन्तरिक उडानलाई नियमित गरियोस, विमानस्थल चलाउन समस्या समाधान गरियोस । ज्ञापनपत्र बाचन गर्दै अध्यक्ष श्रेष्ठले भन्नुभयोे, ‘पर्यटन प्याकेजसहितका कार्यक्रम गरियोस् विमानस्थलको दिगो सञ्चालन, स्वास्थ्य, मेडिकल स्वीकृत लगायतका कार्य समाधान गरियोस् ।’

 

संगठनका अध्यक्ष दर्पण श्रेष्ठले मूख्य गेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकलाई ज्ञापनपत्र बुझाउने भनेको तर उहाँले व्यवसायीको आग्रहलाई लत्याएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारीले गेटमा पत्र बुझ्ने तर महाप्रबन्धकले पत्र नबुझेर व्यवसायी, संघ संस्थालाई हेपाहा व्यवहार देखाएको बताउनु भयो ।

 

नेपाल चेम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोख्रेलले सरकारले विमानस्थल बनाएको तर व्यवसायीले सरकारको आसै आसमा दुख पाएको बताउनु भयो । सदैब यो चलोस हामीले सरकारलाई बिस्वास गरेर अरबौं लगानी गरेर के अपराध गर्यौं । पोख्रेलले भन्नुभयो ‘आज पिडामा हामी छौं भने कसरी लगानीको वातावरण बनाउन सक्छौं । प्राइभेटले कस्तो रोल प्ले गर्ने हो हामी तयार छौं ।’

 

अध्यक्ष पोख्रेलले यहाँका प्राइभेट व्यवसायीले लगानी गरेको लगानी डुब्ने गर्दा हजारौं रोजगारी गुम्ने खतरा रहेको बताउनु भयो । ुयो सरकारले चलाउन सकेन भने कोसंग अपेक्षा गर्ने रुु उहाँले प्रश्न गर्नुभयो ।

 

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले नीजि क्षेत्रले धेरै आन्दोलन गरेको तर राज्यले अन्तर्राष्ट्रिय विमानस्थल चलाउन नखोजेको बताए । लगानी गरेका व्यवसायी झुन्डिने अवस्थामा पुगेको तर राज्यले अन्तर्राष्ट्रिय विमानस्थल चलाउन सकेको नसको भन्रे भनाइ राखे । आचार्यले भने, ‘राज्यले राज्यका विमानहरू पनि चलाउन सकेको छैन । हामी पार्टीका झोलेहरु हौं पहिले नै हामी स्वागत सत्कार गर्न विमानस्थल लाग्छौं । अध्यक्ष आचार्यले भन्नुभयो, यसरी हामीले विमानस्थल चलाउन सक्दैनौं । सबै संघ संस्था छलफल गरेर जाऔं । यो आन्दोलन सफल बनाउन सबै एकजुट हुनुपर्छ ।’

 

सिद्धार्थनगर सहकारी सन्जालका अध्यक्ष कुल प्रसाद न्यौपानेले केन्द्रीकृत मानसिकताले विमानस्थल चल्न नसकेको बताए । अब प्रत्येक नागरिक जम्मा भएर धर्ना दिनुपर्ने र संयुक्त आन्दोलन गर्नुपर्ने उनले बताए।

 

सिद्धार्थ सन्जाल रूपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले श्रम स्विकृति, स्वास्थ्य कार्यालय, लगायतका कार्यालय स्थापना गरि २० प्रतिशत अन्तर्राष्ट्रिय उडान गर्ने सहमति भएको थियो तर सबै बहाना मात्रै रहेको बताए।

 

चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष नारायण प्रसाद भण्डारीले नीजि लगानी गर्न सरकारले उक्साएको तर नीजि क्षेत्रको लगानी डुब्ने जोखिम रहेको बताए ।

 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कमिशन खान मात्रै चलाएको हो भन्ने संसदमा आवाजमा उठेको भण्डारीले बताए।

 

लुम्बिनी इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष अजयकुमार गुप्ताले अवरोध गर्ने नेतालाई सडक बन्द गर्नुपर्ने बताए । आन्दोलनको मुक्ती बिध्वंसबाट नै हुने बताउँदै उनले अब व्यवसायी कडा रुपमा आन्दोलनमा जानुपर्ने बताए ।

प्रकाशित मिति : बुधबार, बैशाख २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij