नीति तथा कार्यक्रम : सांसदले धारणा राख्ने क्रम आज सकिँदै

नीति तथा कार्यक्रम : सांसदले धारणा राख्ने क्रम आज सकिँदै

काठमाडौं : आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदले धारणा राख्ने क्रम शुक्रबार सकिने भएको छ।

 

 

बिहान ११ बजेदेखि शुरु हुने प्रतिनिधिसभा बैठकमा बाँकी सदस्यले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनेछन्। सोमबारदेखि निरन्तर छलफल भइरहेको प्रतिनिधिसभामा छलफलका लागि छुट्याइएको १८ घण्टामध्ये अब ३ घण्टा मात्रै बाँकी रहेकाले शुक्रबार सकिने संसद सचिवालयले जनाएको छ ।

सरदर १५ देखि २० घण्टा छलफल गर्ने परम्परा रहेकोले यो वर्ष पनि औसतमै छलफलको समय राखिएको सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए । राष्ट्रिय सभामा भने २२ र २३ गते दुई दिन छलफल भएको थियो ।

दुवै सदनमा यही २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिए पछि नीति तथा कार्यक्रम पारित गर्ने कार्यतालिका तय भइसकेको छ। त्यसपछि संसदमा प्रि–बजेट छलफल अघि बढ्नेछ। नीति तथा कार्यक्रमकै आधारमा सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने संवैधानिक व्यवस्था छ।

शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची पनि छ।

प्रकाशित मिति : शुक्रबार, बैशाख २६ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij