भैरहवा, । लुम्बिनी होटल संघ, नेपालले बुद्ध जयन्तीको अवसरमा ‘लुम्बिनी बौद्ध साँस्कृतिक तथा खाना महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र लुम्बिनी पर्यटन विकास परिषद् समेतको संयुक्त आयोजनामा वैशाख २९ गते सोमबार दिउँसो ४ः३० बजे लुम्बिनीको शान्ति दीप छेउ केन्द्रीय नहरको पूर्वपट्टी फुटपाथमा महोत्सव हुने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । अध्यक्ष ज्ञवालीका अनुसार महोत्सवमा बौद्ध साँस्कृतिक प्रस्तुतिका साथमा शुद्ध शाकाहारी ‘भोजन पस्किनेछ ।
सम्पूर्ण प्रस्तुतीहरु बुद्धमय फ्लेभर आउने गरी कार्यक्रम हुनेछ भने आरोहण गुरुकुल नाट्य स्कूलको बेजोड बुद्ध सम्बन्धि नाटक ‘गच्छामी’ मंचन हुनेछ, ’उनले भने–‘विभिन्न ख्यातीप्राप्त कलाकारहरुद्वारा बौद्ध गीत संगीतसहितको प्रस्तुति रहनेछ । साथमा स्थानीय बुद्ध बिरहा गीत, लुम्बिनी थारु आदिवासी समूहद्वारा स्थानीय थारु गीत तथा नृत्यसहित विभिन्न बौद्ध गीत संगीत प्रस्तुत गरिनेछ ।’
महोत्सवमा शुद्ध शाकाहारी खाना हुने तथा नेपाली, थारु, नेवारी, पाल्पाली, गुरुङ, मगर खाना परिकारहरुसहित इण्डियन, थाई, चाइनिज लगायत विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय परिकारहरु रहने ज्ञवालीले जानकारी दिए
कार्यक्रमको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नेछन् । कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामा लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागीता रहने आयोजकले जनाएका छन् । बौद्ध साँस्कृतिक प्रस्तुतिका साथै लुम्बिनीभित्र शुद्ध शाकाहारी भोजन गर्ने गरी कार्यक्रममा सहभागी हुन लुम्बिनी होटल संघले आग्रह गरेको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख २८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्