सीपसहितको स्वराेजगारमुलक शिक्षा अहिलेकाे आवश्यकता : नगर प्रमुख पाण्डेय

सीपसहितको स्वराेजगारमुलक शिक्षा अहिलेकाे आवश्यकता : नगर प्रमुख पाण्डेय

बुटवल,

बुटनवल उपमहानगरपालिकाका नगर प्रमुख खेलरााज पाण्डयले सीपसहितको स्वराेजगारमुलक शिक्षा अहिलेकाे आवश्यकता भएको बताएका छन् ।

 

आइतबार बुटवल उपमहानगरपालिकाद्वारा स्नातक अध्ययनरत राेजगारीकाे खाेजीमा रहेका विद्यार्थीहरूका लागि आयोजित राेजगार सम्बन्धी तालिमकाे उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले

सीपसहितको स्वराेजगारमुलक शिक्षा अहिलेकाे आवश्यकता भएको बताएका हुन् ।

 

आफुले सिकेको सीप अनुसारको राेजगारी खाेज्ने भन्दा पनि कुन कार्यालयलाई कस्ता कर्मचारी आवश्यक छ भन्ने बुझेर साेही अनुसारको सीपमूलक तालिम लिन जरुरी रहेको उनको भनाइ थियो ।

 

सीप र राेजगारीसँग जाेड्ने तथा सामाज र ब्यवहारीकतालाई सँगसँगै अगाडि बढाउने खालको शिक्षा नीति आवश्यक रहेको भन्दै नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले पढ्दै कमाउदै भन्ने अवधारणा अनुरूप बिभिन्न सीपमूलक तथा स्वराेजगारमूलक तालिम प्रदान गर्दै आएको जानकारी गराए ।

 

सीप र संस्कारसहितकाे स्वराेजगारमुलक शिक्षा बुटवलकाे मुल मन्त्र भएको भन्दै उनलेे साेही अनुरूप बुटवल उपमहानगरपालिकाले विद्यार्थीहरूलाई देशका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न थालेको बताए ।

 

अहिलेकाे समाजमा परम्परागत र यथास्थितिवाद हावी रहेको भन्दै उनलेे युवा विद्यार्थीहरूले त्यसलाई ताेड्नुपर्नेमा जाेड दिए ।

 

सीप र कामकाे सम्मान गर्ने परिपाटीको विकास गर्न जरुरी रहेको बताउदै नगर प्रमुख पाण्डेले आफैंले कमाउदै पढ्ने विद्यार्थीहरूलाई बुटवल उपमहानगरपालिकाले सम्मान गर्ने बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रा देवी अर्याालले युवाहरूलाई स्वदेशमै केही गरेर आत्मनिर्भर बनाउने उदेश्यले उपमहानगरपालिकाले बिभिन्न किसिमका सीपमूलक तालिम दिदै आएको बताउदै आफुले सिकेको सीप सदुपयोग गरी आत्मनिर्भर बन्न प्रशिक्षार्थीहरूलाई आग्रह गरिन् ।

 

बुटवलमा सञ्चालित ८ क्याम्पसका ११० जना विद्यार्थीहरूकाे सहभागीता रहेको तालिममा बरिस्ठ प्रशिक्षक अजय रेग्मीले प्रशिक्षण दिएकाे बुटवल उपमहानगरपालिकाका राेजगार शाखा प्रमुख अरबिन्द पाण्डेले जानकारी दिए

प्रकाशित मिति : आइतबार, बैशाख २८ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij