गुल्मी , गुल्मीमा जबरजस्ती करणी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । शुक्रबार मासिक पत्रकार भेटघाटका क्रममा वैशाख महिनाभर भएका जबरजस्ती करणीका घटनामा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । प्रहरी नायब उपरीक्षक सारुका अनुसार जिल्लाको रेसुङ्गा नगरपालिका वडा नंं।२ बाख्रेछेडामा १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा बाग्लुङको बडिगाड गाउँपालिका वडा नं। ९ खहरे बस्ने १९ वर्षीय हिरा कामी र १७ वर्षीय किशोरलाई पक्राउ गरिएको छ ।
उनीहरू दुवै जना तम्घासमा रहेको ग्रिल उद्योगमा काम गर्दै आइरहेका थिए । उनीहरूले वैशाख २७ गते बालिकालाई सोही उद्योगभित्र लगी जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । त्यस्तै, जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं।१ सराङ्गमा आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । त्यस्तै, ३० वर्षीय व्यक्तिले आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको डिएसपी सारुले जानकारी दिनुभयो । दुवै घटनाका आरोपीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ ३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्